+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल निर्माण व्यवसायी संगठन गण्डकी प्रदेशमा आनन्द बराल

4KNationalDaily
२०७६ कार्तिक २०, बुधबार १६:१९ बजे

गोरखा-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) व्यवसायीहरुको गण्डकी प्रदेश कार्यसमिति एकता भेलाले आनन्द बरालको संयोजकत्वमा ३५ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

गोरखाबाट समितिको कोषध्यक्षमा सूर्य भण्डारी र सदस्यहरु किरण श्रेष्ठ, भोला मरहट्ठा र सन्त बहादुर गुरुङ्ग रहेका छन ।

यस्तै संगठनको गोरखा जिल्ला संयोजकमा भरत कुमार श्रेष्ठ चयन भएका छन ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ्ग प्रमुख आतिथ्यतामा नेकपाका प्रदेश अध्यक्ष हितराज पाण्डेको उपस्थितीमा संगठनको प्रदेश इन्चाज उत्तम भट्टको सभापतित्वमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily