+
Search

ताजा अपडेट +

पपुलर +

सन्दीपले कायम गरे अर्को किर्तिमान

4KNationalDaily
२०७६ कार्तिक २१, बिहीबार ०७:१५ बजे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन्।

क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप टी–ट्वान्टी क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका छ।

म्गेजिनका अनुसार उनले अक्टोवर २०१८ देखि सेप्टेम्र २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलेका छन्।

सन्दीपले भारतको आईपीएल, बंगलादेशको बिपीएल, अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानडाको ग्लोबल टी–ट्वान्टी र युएईको टी–२० खेल्ने क्रममा यी राष्ट्रको भ्रमण गरेका हुन्।

सन्दीप धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन्। सन्दीपले ७ टिमबाट खेलेका छन्।

सर्वेक्षण अनुसार सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर वालान्डर्स, बर्वाडोस ट्रिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily