+
Search

ताजा अपडेट +

पपुलर +

कात्तिक २४ र २५ गते दोश्रो मुन्थला महोत्सव हुने

4KNationalDaily
२०७६ कार्तिक २१, बिहीबार १९:०६ बजे

काठमाडौँ- कात्तिक २४ र २५ गते दोश्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सव हुने भएको छ ।

गोरखाकाे गण्डकी गा.पा.–८, मुन्थलामा ‘स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रबद्र्धन, धर्म, कला र संस्कृतिको सम्वद्र्धन’ भन्ने नारासहित दोश्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सव–२०७६ आयोजना हुन लागेको हो ।

महोत्सव आयोजना गर्ने सवालमा स्थानीय तथा प्रदेश सरकारसमेत सकारात्मक बनेकाले दोस्रो मुन्थला महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रीति आले, रामजी खाँड, सुबोध गौतम, कविता नेपाली लगायत अन्य थुपै ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा वृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनको विक्री तथा प्रवद्र्धन हुने दोश्रो मु्न्थला धार्मिक तथा पर्यटन महोत्सव– २०७६ मूल आयोजक समितिले जनाएको छ ।

गत बर्ष मंसिर ५ र ६ गते आयोजित प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव–२०७५ सफलतापूर्वक सम्पन्न भएको परिवेशमा दोस्रो पटक फेरि मेलाको आयोजना गर्न लागिएको हो ।

प्रथम महोत्सवको प्रभावले आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै होमस्टे पनि बिस्तार भएको आयोजकहरुले बताएका छन् ।

बुढीगण्डकी हाइड्रोपावर बनिसकेपछी यस क्षेत्रबाट त्रिशुली नदी, गणेश हिमाल, मनास्लु हिमाल र घोडे हिमालको सौन्दर्यको आनन्द समेत लिन सकिनेछ । यसले पनि मुन्थलामा पर्यटकीय सम्भावनालाई अझ बढाएको छ ।

कुमार गुरुङको संयोजकत्वमा आयोजना हुन लागेको महोत्सवका संरक्षक तथा प्रबद्र्धक गाउँपालिका गोरखा रहेको छ ।

महोत्सवका मुख्य आकर्षणहरुमा फुलको डोलीसहित मन्दिर परिक्रमा, स्थानीय विविधता झल्कने झाँकी प्रदर्शन, दौड प्रतियोगिता, नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती र स्थानीय उत्पादनको विक्री तथा प्रवद्र्धन रहको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily