+
Search

ताजा अपडेट +

पपुलर +

भारतले सार्वजनिक गरेको नक्सा मान्य छैन् : प्रचण्ड

4KNationalDaily
२०७६ कार्तिक २१, बिहीबार १९:२४ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै जारी गरेको नक्सा नेपाललाई मान्य नहुने बताएका छन् ।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ त्यो नेपाललाई मान्य छैन् ।’

उनले लिपुलेकको सन्दर्भमा भारत र चीनबीचमा सहमति भयो भनेर आउँदा संयोगबस म आफुँ भारत भ्रमणमा रहेको र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौता पुर्नविचार गर्न भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिले त झन् कालापानीलगायत सबै नै नक्साभित्र पारीसकेपछि यो नेपाललाई सह्य हुन सक्दैन् । मान्य हुन सक्दैन् ।’

नक्साको विषयमा सिंगो राष्ट्र नै एकढिक्का भएको भन्दै प्रचण्डले भने, ‘नेपाल राष्ट्रको भौगोलिक अखण्डता, स्वाधिनता र सार्वभौमसत्ताको बारेमा कहिँ कतै हामी कम्परमाईज गर्ने वा नरम हुने या लचिलो हुने भन्ने सबालै पैदा हुँदैन् ।’

अध्यक्ष प्रचण्डले नक्साको विषयमा सरकारले भारतसँग कुटनीति तबरबाट छलफल सुरु गरिसकेको पनि बताए । उनले व्यक्तव्य दिने चुपलागेर बस्ने भन्ने नहुने पनि बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily