+
Search

ताजा अपडेट +

पपुलर +

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

4KNationalDaily
२०७६ कार्तिक २२, शुक्रबार ०७:५४ बजे

काठमाडौं- भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ ।

विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो ।

रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily