+
Search

ताजा अपडेट +

पपुलर +

विज्ञको सुझाव लुकाएर गुपचुप शिक्षा नीति जारी

4KNationalDaily
२०७६ कार्तिक २२, शुक्रबार ०८:०५ बजे

काठमाडौं- सरकारले सर्वपक्षीय चासोको राष्ट्रिय शिक्षा नीति सरोकारवालाहरूलाई समेत पत्तो नदिई जारी गरेको छ।

विज्ञ सम्मिलित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको सरकारले शिक्षा नीतिसमेत गोप्य ढंगले जारी गरेको हो।

नीतिमा के–कस्ता व्यवस्था समावेश गरिएको छ भन्नेमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अधिकारीहरू बेखबर छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मलेन गरेर शिक्षा नीति ०७६ जारी गरिएको जानकारी दिए।

नीतिको पूर्णपाठ भने सार्वजनिक गरिएको छैन। पोखरेल मन्त्री भएदेखि नै नीति जारी गर्न सक्रिय थिए।

नयाँ संविधानअनुसार नीति र शिक्षा ऐन बनाउन शिक्षामन्त्रीकै अध्यक्षतामा आयोग गठन गरिएको थियो। ०७५ माघमा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन गोप्य राखिएको छ।

मन्त्री पोखरेलले आयोगको सुझावअनुसार नीति जारी गरिएको दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily