काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा भारतविरुद्धको आन्दोलन शसक्त पार्न निर्देशन दिएका छन् ।
भारतले कालापानी–लिपुलेकलाई आफ्नो नक्सामा राखेपछि सर्वत्र विरोध भइरहेकाले आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
शनिबार बिहान बूढानीलकण्ठमा अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएका छन् ।
नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालकाअनुसार शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ताले सडक आन्दोलन चर्काउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया