+
Search

ताजा अपडेट +

पपुलर +

ओली–प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, मन्त्रीमण्डल हेरफेरबारे सहमति !

4KNationalDaily
२०७६ कार्तिक २४, आईतवार १८:२३ बजे

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।

आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वान टु वान वार्तापछि मंगलबार सचिवालय बैठक बोलाउने समय तय गरिएको हो ।

‘समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका कुरा भए,’ स्रोतले भन्यो, ’मन्त्रिमण्डल हेरफेर गर्न दुवै अध्यक्ष सहमत हुनुहुन्छ, तर उवनिर्वाचन अघि गर्ने कि पछि भन्नेमा छलफल चलिरहेको छ ।’

सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै दुई अध्यक्षबीचको आइतबारको छलफलमा केही नियुक्तिका बारेमा समेत कुराकानी भएको बुझिएको छ ।

पार्टी एकता अन्र्तगत अनुशासन आयोग, निर्वाचन आयोग ,लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्न बाँकी छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily