+
Search

ताजा अपडेट +

पपुलर +

बंगलादेशका राष्टपति आज काठमाडौं आउँदै,यस्तो छ भ्रमण तालिका

4KNationalDaily
२०७६ कार्तिक २६, मंगलवार ०९:०७ बजे

काठमाडौं- बंगलादेशका राष्टपति अब्दुल हमिद आज चार दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर हमिदको स्वागत गर्ने तयारी छ ।

बंगलादेशको राष्ट्रपतिको तीन दशकपछि नेपालको भ्रमण हुन लागेको हो ।

आजै पौने १ वजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने उनी होटल म्यारियटमा बस्नेछन् । उनले खासगरी पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा आफुलाई बढी केन्द्रीत गर्न खोजेका छन् ।

उनले भक्तपुरको दरवार स्वायर, पोखरा, चन्द्रागिरी हिल्स,पाटन दरवार स्वायर लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने गरी कार्यतालिका बनेको छ ।

उनलाई नेपालस्थित बंगलादेशका राजदुतले आज दुतावासमै साँझ रात्री भोज दिने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि दरवारमार्गस्थित याक एण्ड यतिमा रात्री भोज दिने कार्यक्रम छ ।

उनले राष्टपति भण्डारीसँग भोलि नै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी २९ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।

यस्तो छ भ्रमण तालिका

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily