गाेरखा- गण्डकी प्रदेशले कृषिमा दिने अनुदानको दुरुपयोग हुन नदिन किसानकै घरमा पुगेर अनुगमन सुरु गरेको छ ।
कृषि क्षेत्रमा प्रदेश सरकारले दिने अनुदानको रकम दुरुपयोग हुने क्रम बढेपछि सरकारले त्यसलाई व्यवस्थित बनाउन अनुगमन सुरु गरेको दावी गरेको हो ।
कृषिजन्य वस्तु उत्पादनका लागि प्रदेश सरकारले ५० प्रतिशत र कृषिजन्य वस्तु संकलन, भण्डारण लगायतका संरचना निर्माणका लागि ७० प्रतिशतसम्म अनुदान दिने गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए ।
उनले स्याउमा पनि आत्मनिर्भर बन्न प्रदेश सरकारले ५० हजार विरुमा विभिन्न जिल्लाका लागि खरिद गर्न लागिएको जानकारी दिए ।
प्रतिक्रिया