पोखरा- प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ ।
माल्यार्पण पछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाइन् ।
उनले विकाशको लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।
महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । उनले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको उनले बताइन् ।
प्रतिक्रिया