+
Search

ताजा अपडेट +

पपुलर +

मेलिना र ओमको ‘तिमीलाई माया गरुँ भन्छ यो मन’ बजारमा [भिडियाे]

4KNationalDaily
२०७६ कार्तिक २८, बिहीबार १२:३३ बजे

काठमाडौं- गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा ‘तिमीलाई माया गरुँ भन्छ यो मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ओम सुनारकै शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ ।

हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा रहेका छन् । आफ्नो मायालुसँग जिउँने मर्ने कुरा गीतमा समेटिएको छ ।

भिडियोलाई सारदा आर एल शाहको निर्देशन गरेका हुन् । गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका हुन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily