+
Search

ताजा अपडेट +

पपुलर +

‘शत्रु गते’ युट्युबमा (भिडियो सहित)

4KNationalDaily
२०७६ कार्तिक २८, बिहीबार १३:४० बजे

काठमाडाैं- २०१८ को सफल चलचित्र ‘शत्रु गते’ युट्युबमा रिलिज भएको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

उत्कृष्ट चलचित्रको अवार्ड समेत हात पारेको यस चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । साथमा दर्शक तथा समीक्षकको प्रशंसा समेत पाएको थियो । हलमा सय दिन मनाएको यस चलचित्रको प्रतीक्षा दर्शकले निकै गर्दै आइरहेका थिए ।

लामो समयको प्रतीक्षा पछि दर्शकको कौतूहल मेट्दै चलचित्रलाई इन्टरनेटमा सार्वजनिक गरिएको हो । चलचित्र ओएसआर डिजिटलको आधिकारिक च्यानलबाट रिलिज गरिएको छ ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीको संयुक्त निर्माण रहेको चलचित्रमा ‘मह जोडी’ श्रेष्ठ, आचार्य, सहित दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily