काठमाडौं- निजामती कर्मचारीको उमेरहद ६० वर्ष कायम हुने भएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो ।
अहिले कर्मचारीको उमेरहद ५८ वर्ष छ । तर, त्यसलाई राज्य व्यवस्था समितिको बैठक सच्याउँदै ६० वर्ष राख्ने निर्णय गरेको छ ।
सरकारी सेवामा रहेका अन्य कर्मचारीको अवकाश उमेर हद साठी रहेकोले एकरुपता ल्याउन साठी पुर्याइएको हो । संसद सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० नै छ ।
लोक सेवा आयोगले पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गर्न पहिले नै सुझाव दिएको थियो।
प्रतिक्रिया