काठमाडाैं- आउँदो मंसिर १६ गतेदेखि काठमाडाैँमा हुने १३ औं साग खेलकुद प्रतियोगिता अन्तरगत टेवलटेनिस खेलको सम्पूर्ण तयारी पुरा भएको छ ।
काठमाडाैंकाे लैनचौर स्थित कवर्ड हलमा संचालन हुने सो खेलमा दिनरात नभनी तयारी गरेर सवैभन्दा पहिले टेवलटेनिस खेलका तयरी पुरा गरेको खेलकुद परिषदको बोर्ड सदस्य एवं प्रदेश नम्वर ३ का संयोजक सुदिल शाहीले जानाकारी दिए ।
भौतिक संरचना, कवर्ड हलको सजावट, रंगरोकन, आवश्यक भौतिक सामग्री,टवाईलेट मर्मत, धारा मर्मत, आवास लगायतको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
सो खेल संचालन गर्न लौनचौर स्थित कवर्ड हललाई दुलही झै सिंगारीएको टेवल टेनिस केन्द्र मर्मत सम्भार उपभोक्ता समितिका सदस्य धरेन्द्र पौड्यालले बताए।
खेल गराउन राष्ट्यि खेलकुद परिषदसंग सम्झौता गरिएको, स्वदेश तथा विदशेवाट विभिन्न खेलका २७ खेलका सयौ खेलाडीहरुले प्रतिस्पर्दा गर्नेछन् । खेलहरु काठमाण्डौ, पोखरा, ललितपुर र जनकपुरमा संचालन हुनेछन् ।
प्रतिक्रिया