+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका सवारी चालकलाइ प्रहरीले फुलको गुच्छा र खादा लगाएपछि

4KNationalDaily
२०७६ कार्तिक ३०, शनिबार ०८:२९ बजे

गोरखा– अरु बेला कारवाहीका लागि सवारी रोकेर जरिवाना गर्ने नेपाल प्रहरी र ट्राफिक प्रहरीले जिल्लामा पहिलो पटक सवारी चालकलाई फुलको गुच्छा र खादा लगाएर सम्मान गरी रहेको थियो ।

गोरखा सदरमुकामको १२ किलो बजारमा शुक्रबार बिहान यस्ताे अचम्मको दृष्य देखिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्लामा पहिलो पटक सवारी चालकहरुलाई सम्मान गर्ने उद्वेश्यका साथ सवारी चालकलाई फुलको गुच्छा र खादा लगाई दिएको हो ।

जिल्लामा पहिलो पटक भएको कार्यक्रम अब भने प्रत्येक महिनाको १ दिन सवारी चालकलाई सम्मान गर्ने गरी कार्यक्रम तय गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

उत्त मार्ग भएर चल्ने सवारी चालकलाई सवारी अनुमती पत्र भए नभएको, सवारीको कागजात दुरुस्त भएको नभएको र सवारीको अवस्था राम्रो भए नभएको बारे जानकारी लिदै सम्मान गरीएको थियो ।

जिल्लामा नयाँ एसपीका रूपमा अाेमप्रसाद अधिकारी अाएपछि यस्ता सस्ता र लाेकप्रिय हुने काम हुदै अाएकाे छ । जिल्ला सदरमुकाममा नै दिनदिनै चाेरीका घटना तथा जुवातासका भइरहदाँ प्रहरी भने सस्ता लाेकप्रिय काम गर्दै अाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily