+
Search

ताजा अपडेट +

पपुलर +

हङकङलाइ ४० रनले पराजित गर्दै नेपालले जित्याे एसीसी इमर्जिङ कप

4KNationalDaily
२०७६ कार्तिक ३०, शनिबार १८:४४ बजे

काठमाडौं– नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा पहिलो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा हङकङलाई ४० रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो ।

हङकङका किन्चिट शाहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि हङकङलाई जित दिलाउन सकेनन् । यस्तै एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाए ।

हङकङलाई सस्तैमा रोक्न नेपालका करण केसी र अविनास बोहराले ३र३ विकेट लिए । सुशन भारीले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो ।

तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए । शरदले ८९ रन बनाए ।

शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए । शरदले चौंथो विकेटका लागि आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए ।

यस्तै विनोद भण्डारीले १५ रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २र२ ट लिए ।

जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । यस अघि बिहिबार भएको पहिलो खेलमा भने नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

हङकङको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हङकङ आयोजक बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily