+
Search

ताजा अपडेट +

पपुलर +

प्रेम सम्बन्ध रहेको युवतीको गर्भपतन गराउँदा ३ जना प्रहरीको फन्दामा

4KNationalDaily
२०७६ मंसिर १, आईतवार ०७:२१ बजे

काठमाडौं- गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित तीन जनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय क्लिनिकबाट औषधि खरिद गरेर दिएका थिए।

प्रहरीका अनुसार युवतीले करिब ६ महिनाको गर्भ तुहाउने औषधि खाएकी थिइन्।

औषधि खाएर घरमा सुतेकी युवतीको अत्यधिक पेट दुखेपछि परिवारले उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्याएका थिए। शौच गर्न पुगेकी युवतीले त्यहीं पुरुष लिंग खुलेको मृत शिशुको जन्म दिएकी थिइन्।

त्यसपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा उनीसहित तीन जनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा हरि शर्माले लेखेका छन्।

छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ। युवक स्थानीय एक स्कुलको कक्षा १० मा अध्ययरत हुन्। सबैको नाम प्रहरीले गोप्य राखेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily