+
Search

ताजा अपडेट +

पपुलर +

‘गाेरखा भुकम्प’ले क्षति पुगेका गाेरखाका १३ प्रहरी चौकी भए पुनर्निर्माण

4KNationalDaily
२०७६ मंसिर २, सोमबार २०:३८ बजे

गोरखा- २०७२ सालमा गएकाे विनाशकारी ‘गाेरखा भुकम्प’ले गाेरखाका प्रहरी चाैकीमा क्षति भए । ति मध्ये अहिलेसम्म १३ वटा प्रहरी चाैकीकाे पुनिर्माण भएकाे छ ।

भुकम्पले क्षति पु¥याएका थप दुई प्रहरी चौकीको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सम्पन्न भएका दुवै प्रहरी चौकीको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेले सिरानचोक गाउँपालिका–३ को इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका–९ को रातमाटेमा रहेको प्रहरी चौकी भवनको उद्घाटन गरे।

निर्माण भएको मध्ये १ करोड ९३ लाख ६९ हजार लागतमा इप्रका हर्मीको भवन निर्माण भएको हो भने १ करोड ५५ लाख ७४ हजार लागतमा रातमाटे प्रहरी चौकी निर्माण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

हमीको भवन २०७४ साल साउन २२ गते र रातमाटेको भवन ‘२०७४ साल बैशाख ६ गतेबाट निर्माण थालिएको थियो ।

रातमाटे प्रहरी चौकी निर्माणका लागी स्थानीय पदम प्रसाद अधिकारीले निशुल्क जग्गा उपलब्ध गराएका थिए ।

अधिकारीलाई आजै डिआइजी बिनोद शर्मा घिमिरेले सम्मान समेत गरेका थिए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले प्रहरी संगठनमा आवश्यक स्रोत साधन र प्रविधि नहुँदा समस्या भएको बताए । सिमित स्रोत साधनका बावजुद पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी दिन रात खटिएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily