+
Search

ताजा अपडेट +

पपुलर +

कालापानीबारे बाबुरामको प्रश्न: प्रधानमन्त्री ओलीले रोजेको बाटो कुन हो ?

4KNationalDaily
२०७६ मंसिर ३, मंगलवार ०७:१५ बजे

काठमाडौं- समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कुशल कुटनीति वा युद्धबाट मात्रै सम्भव भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् ।

भट्टराईले पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको पारो ह्वात्तै बढेको दाबी गर्दै उनले कालापानीबाट भारतीय फौज हटाउन रोजेको बाटो कुशल कुटनीतिको बाटो हो कि बल प्रयोगको बाटो हो स्पष्ट नभएको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘सीमा र फौज तैनाथी सम्बन्धी विवादको प्रश्न इतिहासमा सधैं र सबैतिर कि त शान्त र कुशल कुटनीतिको तरिकाले कि त युद्ध र बलप्रयोगको तरिकाले हल हुने गरेको छ । अर्को तेश्रो बाटो छँदैछैन ।’

भट्टराईले राज्यसञ्चालनको नेतृत्व गरिरहेको मान्छेले यसरी सार्वजनिक रुपमा दन्तबझान गर्नुको अर्थ के भनेर प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily