+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ प्रियंकाले पहिलोपल्ट निर्देशन गरेको म्युजिक भिडियो

4KNationalDaily
२०७६ मंसिर ३, मंगलवार ०८:०४ बजे

काठमाडौं– अभिनेत्री प्रियंका कार्की अहिलेकी सर्वाधिक लोकप्रिय नायिका हुन्।

अब उनी निर्देशक पनि भएकी छन्। म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन्। उनको निर्देशन रहेको पहिलो म्युजिक भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक भएको छ।

बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग रोमान्स गरेकी छन्। अभिनयको अलवा अव निर्देशनको पाटोलाई पनि आफुले सँगसँगै लैजाने कार्कीले बताइन्।

‘धेरै पहिलेदेखि निर्देशनमा आउन चाहन्थे’ कार्कीले थपिन् ‘बल्ल साइत जुर्यो।’

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ। गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन्।

काठमाडौँको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन्। शुभ मिडियाले निर्माण गरेको भिडियोको सम्पादक सन्देश शाह हुन्।

गीतलाई छोटो समयमा निकै रुचाइएको छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily