+
Search

ताजा अपडेट +

पपुलर +

गरिबी‚ बेरोजगारी र भोकमरी अन्त्यका लागि सरकार प्रतिबद्ध : केपी ओली

4KNationalDaily
२०७६ मंसिर ३, मंगलवार १९:२० बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

उनले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पारे।

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘युनि ग्लोबल युनियन एसिया तथा प्यासिफिक रिजन’ को ५औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले भने‚ ‘गरिबी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्रीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भएपनि उत्पादनमूलक उद्योग संचालनको कामलाई जोड दिएको पनि स्पष्ट पारे। उनले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको बताए।

गरिबी, बेरोजगारी, भोकमरी विश्वमा बढ्दै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily