काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। बुधबार उनले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीसहितको मन्त्रिमण्डल गठन भएको जानकारी समेत गराएकी छन्।
सरकारबाट बाहिरिने मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव परेका छन्।
हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्त कुमार नेम्बाङ, पार्वत गुरुङ, मोतिलाल दुगड, नवराज राउत र रामवीर मानन्धर नयाँ मन्त्रिपरिषद्मा भित्रिएका छन्।
‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया