+
Search

ताजा अपडेट +

पपुलर +

विद्युतीय ट्याक्सी समेटेर नयाँ मापदण्ड तयार, शुक्रबारदेखि कार्यान्वयनमा

4KNationalDaily
२०७६ मंसिर ५, बिहीबार ०७:३२ बजे

काठमाडौं- यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार गरेको छ ।

आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सीसमेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो ।

मापदण्ड तयार भइरहेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ ।

नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउँछौं,’ विभागका महानिर्देशक गोगनबहादुर हामालले भने ।

उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र गाउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेस, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्ने सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily