+
Search

ताजा अपडेट +

पपुलर +

२६ दिनमा चौथो डायलासिस, कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?

4KNationalDaily
२०७६ मंसिर ९, सोमबार ०८:२३ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलासिस गरिएको छ।

ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलासिस गरिएको थियो। ९ दिनअघि तेस्रोपटक डायलासिस गरिएको थियो।

त्यतिखेल ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गाैलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलासिस भएको हो।

‘उहाँ (ओली) ठीक हुनुहुन्छ,’ डा. शाहले भने । गत साउनदेखि नै मिर्गाैलासम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily