+
Search

ताजा अपडेट +

पपुलर +

के हो एपेन्डिसाइटिस? कस्तो अवस्थामा हुन्छ यो प्राणघातक?

4KNationalDaily
२०७६ मंसिर ११, बुधबार ०७:५३ बजे

काठमाडौं- दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स नामक आन्द्रा, कुनै पनि कारणले सुन्निन गएमा एपेन्डिसाइटिस भएको भनिन्छ। एपेन्डिक्स मलद्वारसँग जोडिएको हुन्छ।

एपेन्डिसाइटिस पेटको सामान्य दुखाइबाट सुरु हुने गर्छ। पेटको तल्लो दाहिने भागबाट सर्दै गएर एपेन्डिक्समा पुगेपछि यसले बिस्तारै गम्भीर रुप लिन थाल्छ।

एपेन्डिक्साइटिस एक्युट र क्रोनिक गरि दुई किसिमका हुन्छन्। एपेन्डिक्समा तीब्र गतिमा ब्याक्टेरिया उत्पन्न हुने भएकाले यो निकै जोखिमपूर्ण मानिन्छ।

एपेन्डिसाइटिस केही घन्टा वा दिनमै तिब्र गतिमा विकास हुने गर्छ। सुरुवाती समयमा खान मन नलाग्ने वा बान्ता हुनेजस्ता लक्षण देखिन्छन्।

एपेन्डिसाइटिस बढ्दै जाँदा अत्यधिक दुखाइ हुने गर्छ। दुखाइ प्रभावित ठाउँमा मात्र सिमित नभइ बिस्तारै सम्पूर्ण शरीरमा फैलिन्छ।

बिरामीले दुखाइको निश्चित ठाउँ पहिचान गर्न निकै गाह्रो हुन्छ। त्यस्तै अत्यधिक ज्वरो आउने, पिसाब गर्दा समस्या देखिने, ग्यास्ट्रिक तथा कब्जियतको समस्या हुने जस्ता अन्य समस्या देखिन्छन्।

एपेन्डिसाइटिसको स्पष्ट निदान गर्न गाह्रो हुने हुँदा यसको सम्भावना देखिनेबित्तिकै चिकित्सकले शल्यक्रिया गर्ने सल्लाह दिन्छन्।

कतिपय अवस्थामा एपेन्डिक्स फुट्न सक्ने सम्भावना हुन्छ, जुन प्राणघातकसमेत हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily