+
Search

ताजा अपडेट +

पपुलर +

आश्वासनभन्दा माथि उठेर हातमा भोट हाल्नुस्ः धर्मराज गुरूङ

4KNationalDaily
२०७६ मंसिर ११, बुधबार १८:०४ बजे

पोखरा- घरदैलो अभियानको अन्तिम दिन समाजवादी पार्टीका उम्मेदवार इन्जिनियर धर्मराज गुरूङ पोखरा–२१ कृस्तिनाच्नेचौर पुगेका छन् । चुनावी प्रचार र घरदैलो सकिनै लाग्दा उम्मेदवार धर्मराजलाई कृस्तिवासीले हौसला बढाएका छन् ।

कृस्ति पुगेर इन्जिनियर धर्मराले छातिमा हात राखेर अहिलेसम्म जिताएर पठाएका नेताले गरेका कामलाई मूल्यांकन गरेर भोट खसाल्न आग्रह गरे ।

उम्मेदवार गुरुङले कसैको प्रलोभन र आश्वासमा विश्वास नगरी योग्य र नैतिकवान व्यक्तिलाई भोट हाल्न मतदातालाई सुझाएका छन् ।

‘आज रातीबाट मौन अवधि सुरु हुन्छ । सत्तामा पालैपालो हालिमुहाली गरेका पार्टीका नेता कार्यकर्ता आश्वास, प्रलोभन र पैसाका बिटा बोकेर आउन सक्छन्,’ धर्मराजले भने, ‘त्यसको पछाडि नलागी, लोभ, मोह र अहंकार नभएको देशलाई केही गर्छु भनेर होमिएको, अहिलेसम्म निष्ठामा दाग नलागेको व्यक्ति धर्मराजलाई हातमा भोट हाल्नुस् ।’

अहिलेसम्म जितेर गएका नेतालाई जनताका बारे नसोचेर आफ्नो आर्थिक हैसियतमात्रै बढाएका कारण देश बग्रिएको उनको भनाइ थियो ।

‘हिजो भोट हालेका नेता र परिवारको आर्थिक हैसियत अहिले कहाँ पु¥याए । जनताका निम्ति कति गरे छातिमा हात राखेर सोच्नुस् र हात चिन्हमा भोट हाल्नुहोस्,’ धर्मराजले आग्रह गरे, ‘देशका निम्ति चाहिने दक्षता र क्षमता मसँग छ ।’

गुरुङले लामो समय इन्जिनियरिङको क्षेत्रमा प्राप्त अनुभवलाई पोखरेली माटो र देशका निम्ति लगाउन चाहेको बताए ।

ठूला देशको विकास र सुशासनलाई आफूले देखेको र त्यो अनुभव पोखराका निम्ति लगाउने अवसर दिन जनतासँग आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily