काठमाडाैं- गीत सङ्गीत प्रेमी को एउटा लोकप्रिय गीत हो चौतारीमा वर ।
सायद यो गीत नसुन्ने र नगुनगुनाउने मान्छे कमै होला त्यसैले त छ महिनाको अवधिमा नै करोडौं दर्शक को माया पएको छ । गीत निकाल्नु मात्र ठूलो कुरा होइन तर जन जन को मन मा पुर्याएर सफल हुनु महत्त्वपूर्ण कुरा हो ।
कलाकार बन्नु ठूलो होइन लोकप्रिय कलाकार बन्नु महत्त्वपूर्ण हो । पछिल्लो समय करोडौं भ्यूअर पाउने गित हरु कमै मात्रमा हुन्छ त्यो मध्ये को चौतारी को वर पनि एक हो ।
स्वमधुर स्वरकि धनी सुमित्रा तामाङ र बिक्रम परियारको सहकार्यमा छ महिनापहिले बजार मा आयको यसगीतको शब्द नकुल ढकालको रहेको छ । वसन्त थापाले संगीत भरेको गीतको मौषम हिमाली ले म्यूजिक भिडियो को निर्देशन गरेका थिए ।
रामजी खाण वसन्त थापा र सम्पदा बानियाको अभिनय रहेको यस गीतले करोडौंको माया पाएको अवसरमा गायिका सुमित्रा तामाङ र बिक्रम परियार ले सबैमा धन्यवाद ब्यक्त गर्दै आउने गीत मा पनि यसरी नै माया पाउने आशा ब्यक्त गरेका छ्न ।
आफ्नो फेसबूक स्टाटस मार्फत गायिका तामाङले आफ्नो कृतज्ञता यसरी प्रकट गरेकी छिन- कहाँबाट सुरु गरु कहाँबाट सम्मान गरौ कहाँबाट सम्झु म अन्योलमा छु ।
गीत बजारमा आउँदै गर्दा बजारमा गीतको चर्चा अली अली कता कता सुनेकी थिए धेरै आनन्द र डर सँग लडेर मनमा आत्म विश्वाश बटुलेकी थिए लगभग ६ महिनाको अन्तरालम आज करोड क्लबमा पुगेको देख्दा आनन्द भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरेकी छु ।
भिडियाे
प्रतिक्रिया