+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्न : केपी प्रधानमन्त्री बन्न मिल्ने, खेमराज गुरु सांसद बन्न किन नमिल्ने ?

4KNationalDaily
२०७६ मंसिर ११, बुधबार १९:०७ बजे

काठमाडौं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन् ।

अध्यक्ष प्रचण्डले कास्की– २ बाट कांग्रेस उम्मेद्वार खेमराज पौडेलप्रति संकेत गर्दै देवघाट जाने बेलामा सांसद बन्न लागेको भनेपछि शर्माले कडा आलोचना गरेका हुन् ।

प्रवक्ता शर्माले प्रचण्डको राजनीतिक उचाई र उमेर अनुसार अभिव्यक्ति अशोभनिय भएको बताएका छन् ।

 

प्रचण्डको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै शर्माले भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्नचाहि किन नमिल्ने ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily