+
Search

ताजा अपडेट +

पपुलर +

यो चुनाव वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव हाे : रामचन्द्र पौडेल

4KNationalDaily
२०७६ मंसिर ११, बुधबार १९:१० बजे

कास्की- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताए ।

कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राखे ।

कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उनले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily