सुनसरी- सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ।
वीरगञ्जबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति ठक्कर दिएको हाे।
एम्बुलेन्समा सवार सातैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्।
प्रतिक्रिया