यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ८ हजार ४ सय २० को रहेको छ । ११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा नम्बर ३३ र २१ ,२० १५,१६,१७ मतगणना समाप्त भएको छ ।
उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।
कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।
अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए।
अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।
प्रतिक्रिया