काठमाडौं– कास्की-२ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईको जीत सुनिश्चित भएको छ।
जारी मतगणनामा मतान्तर बढेपछि भट्टराईको जीत निश्चित भएको हो।
मतपरिणाम अनुसार भट्टराईले २० हजार ७ सय ९७ मत प्राप्त गरेकी छन्।
कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ६१ मत ल्याएका छन्। दुई उम्मेदवार बीचको मतान्तर ८ हजार ५ सय ३६ पुगेको छ।
पोखरा महानगरपालिकाको ११ वटा वडा रहेको निर्वाचन क्षेत्रमा ८ वटा वडाको मत गणना सकिएको छ। बाँकी ३ वटा वडाको खसेको मत भन्दा मतान्तर बढी भएपछि भट्टराई विजयी हुने निश्चित भएको हो।
हालसम्म ९‚ ११‚ १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाको मतगणना भइसकेको छ। त्यसैगरी मतगणना हुन बाँकी वडाहरूमा ४‚ ७ र ८ रहेका छन्।
प्रतिक्रिया