+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाले बम पड्काएर उपचुनाव जित्यो : देउवा

4KNationalDaily
२०७६ मंसिर १६, सोमबार १८:४२ बजे

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले बम पड्काएर उपचुनाव बढी जितेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा बाेल्दै देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताएका हुन् ।

उनले भने, ‘पोखरामा काँग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए, मतदाता भड्काए । काँग्रेसले जित्ने ठाउँमा मतदाता त्रसित गराएर नेकपाले चुनाव जत्यो ।’

देउवाले उपनिर्वाचनको निष्पक्षतामाथि पनि प्रश्न उठाए । साथै उनले प्रहरी प्रशासनले सरकार पक्षका उम्मेदवारलाई जिताउन सघाएको आरोप पनि लगाए ।

उनले भने, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं । प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको जानकारी दिए ।’ उनले भने, ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि मतपरिणाम राम्रो आएको छ ।’

फरक प्रसंगमा देउवाले भीमबहादुर तामाङ कुनै लोभलाचमा भएको व्यक्तिका भएको बताए ।

यस्तै वरिष्ठ नेता पौडेलले तामाङको निष्ठालाई आत्मासात गर्दै काँग्रेसले सरकारप्रति बढेको असन्तुष्टि चिरेर जनताको भरोसको केन्द्र बन्नुपर्नेमा जोड दिए ।

यस्तै महामन्त्री शशांक कोइरालाले भीमबहादुर तामाङले बीपी कोइरालाका उपन्यास लेखिदिने गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily