+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिपक्ष दल कहाँ छ भनेर सोध्नेलाई कांग्रेसको जवाफ : ‘प्रचण्डको निर्वाचन क्षेत्रमा छ’

4KNationalDaily
२०७६ मंसिर १६, सोमबार १८:४७ बजे

काठमाडौं- नेपाली कांग्रेसले उपनिर्वाचनले पार्टीभित्र विश्वास बढाएको जनाएको छ।

उपनिर्वाचनको सम्पूर्ण मतपरिणामपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भक्तपुर,धरान र चितवनको मत परिणामले उत्साह थपेको जनाए।

सरकारलाई सच्चाउने गरी मत आएको बताउँदै सरकारलाई सुझाए, ‘ऐनाको धुलो पुछ्ने होइन,आफ्नै अनुहारको धुलो पुछोस्।’

कांग्रेसको कमजोर पक्ष जनताबाट सन्देश प्राप्त भएको शर्माले बताए। उनले भने, ‘पार्टीभित्र अन्तरविश्वास बढाउने सन्देश चुनावले दिएको छ। सांगठनिक कमजोरीको समिक्षा गर्दछौं।’

कांग्रेस पराजित भएका स्थानमा गत निर्वाचनमा भन्दा यसपटक मतान्तर घटेको बताउँदै शर्माले सन्तुष्टि जनाए। निर्वाचन सरकारका कारण भय रहित हुन नसकेको आरोप लगाए।

निर्वाचन आचार संहिता लागु भईसकेपछि कर्मचारीको पदपुर्ति समेत नहुने समयमा प्रदेश प्रमुख हटाइएको प्रति आपत्ति जनाए। मन्त्री मण्डल हेरफेर तथा पोखरामा डिएसपी हटाएर सरकारले आचार संहिता कुल्चेको आरोप लगाए।

विगतमा प्रतिपक्ष कहाँ छ भनी आवाज उठिरहेको प्रति शर्माले भने, ‘कांग्रेस खोज्न प्रचण्डको क्षेत्र चितवन र प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरमा खोजौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily