+
Search

ताजा अपडेट +

पपुलर +

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण रोक्न सर्वोच्चको आदेश

4KNationalDaily
२०७६ मंसिर २०, शुक्रबार १९:५१ बजे

काठमाडौँ- बारा जिल्लामा निर्माण हुने दोस्रो निजगढ अन्तराष्र्टिय विमानस्थल निर्माण प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।

सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily