+
Search

ताजा अपडेट +

पपुलर +

२ वर्षको अफयर्सपछि लगन गाँठो कसिन् नायिका ऋचाले

4KNationalDaily
२०७६ मंसिर २३, सोमबार ०७:५१ बजे

काठमाडौं– अभिनेत्री ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । अभिनेत्री शर्मा दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा थिए ।

केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर ऋचाले आफ्नाे विवाह हुन लागेको जानकारी दिएकी थिइन् ।

व्यक्तिगत कुरा वाहिर ल्याउन कमै रुचाउने ऋचाले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन् । ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशीर्वाद सदैव यसरी नै मिलोस् ।’ तस्वीरमा दुवैजना निकै खुशी देखिन्छन् ।

उनको विवाहको यो तस्वीर सेयर गर्दै विभिन्न कलाकारहरुले उनलाई बधाई दिइरहेका छन् । पछिल्लो समय ऋचा अभिनेत्री केकी अधिकारीले निर्माण गरेको कार्यक्रम ‘कमेडी च्याम्पियन’मा व्यस्त छिन् । उनी कार्यक्रममा निर्णायक छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily