काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो एक बजे बस्ने तय भएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्नेछन्।
बिहान नौ बजे नै बोलाईएपनि नेताहरुको समय व्यवस्थापन हुन नसक्दा बैठक दिउँसो एक बजेका लागि सरेको हो।
आजको बैठकमा उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ।
अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गर्ने एजेण्डाबारे हिजो नै पार्टीका नेताहरुसँग छलफल गरिसकेका छन्। पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै छ महिने अभियान चलाउने योजना समेत प्रचण्डले बैठकमा पेश गर्दैछन्।
आजै दिउँसो चार बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेका छन्। अस्वस्थ भएपछि उपचार गराई बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले दुई सातापछि मन्त्रीपरिषद् बैठक बोलाएका हुन्।
प्रतिक्रिया