+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिका स्तरिय बिपद् ब्यवस्थापन समिति गठन तथा अभिमूखिकरण गोष्ठि सम्पन्न 

4KNationalDaily
२०७६ मंसिर २७, शुक्रबार १८:५७ बजे

गाेरखा- अजिरकोट गाउँपालिकामा गाउँपालिका स्तरिय बिपत ब्यवस्थापन समिती गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अजिरकोट गाउँपालिकाको सहकार्य र सहयोगी हातहरुको समूह (सहास) नेपाल, स्थानिय प्रयासमा जीविकोपार्जन सुधार परियोजना (इल्लिप) गोरखाको आयोजनामा  कार्यक्रम सम्पन्न भएको हाे ।

गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अजिरकोट भित्रका ५ वटै वडाका बडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, सुरक्षा निकाय, रेडक्रस, उद्योग बाणिज्य संध लगायत अजिरकोटमा कार्यरत संघ सस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

गोष्ठिमा पालिका अध्यक्षको संयोजकत्वमा ११ सदस्य बिपत ब्यवस्थापन तदर्थ समिति गठन गरिएको छ ।

गोष्ठिमा गाउँपालिकाका प्रशासकिय अधिकृत अम्मरराज पगेनीले सहजिकरण  तथा सहास नेपालका प्राबिधिक अधिकृत नबिन धितालले संस्थाको परिचय र गोष्ठी संचालन गर्नुका  उद्धेश्यका बारेमा  जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily