+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा सचिवालय र स्थायी समिति बैठक बस्दै

4KNationalDaily
२०७६ मंसिर २९, आईतवार ०८:३० बजे

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी समिति बैठक आज बस्दैछ।

सचिवालय बैठक बिहान ९ बजे र स्थायी समिति बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

मंसिर २३ गते बसेको सचिवालय बैठकले स्थायी समितिको मिति तय गरेको थियो।

विधानमा ३/३ महिनामा बस्नुपर्ने भनिएको स्थायी समिति बैठक ठीक एक वर्षपछि बस्न लागेको हो। अघिल्लो वर्ष पनि मंसिर २९ गतेदेखि बैठक बसेको थियो। बैठक दुई हप्तासम्म लम्बिएको थियो।

२३ गतेको बैठकले नै सचिवालय बैठक २७ गते बस्ने निर्णय गरेको थियो। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त भएपछि बैठक २८ र पुनः २९ गतेलाई सरेको थियो।

सचिवालय बैठकमा स्थायी समितिमा पेश गरिने एजेन्डाको बारेमा छलफल हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily