काठमाडौं- दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकको खाडीचौरमा दुर्घटना हुँदा १२ जनाभन्दा बढीको मृत्यु भएको छ।
दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ५ किलोबाट खसेको हो। बस सडकबाट अन्दाजी २०० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ।
दुर्घटनामा १५ जनभन्दा बढीकाे हताहती भएकाे अनुमान गरिएकाे छ। तर एकिन गर्न बाँकी छ। अहिले घटनास्थलमा प्रहरी खटिएकाे छ।
प्रतिक्रिया