काठमाडौं- बस घच्याघच्याक गर्दै गुड्दै थियो। यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं। लामो साँघु-जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन्।
एक्कासि ह्वास्स गन्ध आयो। अनि ब्रेकबाट धुवाँ पनि। यात्रुले फेरि कराए– ब्रेक गनायो। रोक्नुस् रोक्नुस्।
तर त्यतिन्जेलसम्ममा बसले सडक छाडिसकेको थियो। दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको त्यो बस आइतबार बिहानै सडकबाट खस्यो।
१२ जनाले घटनास्थलमै ज्यान गुमाए। दुई जनाको उपचारका लागि लाँदै गर्दा र एक जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भयो। १७ जना घाइते छन्।
भक्तपुर च्यामासिंह, आदर्शबाट रिजर्भ गरेर लगिएको बस दोलखाको कालिञ्चोक फर्किने क्रममा दुर्घटना भएको हो।
याुत्रका अनुसार भक्तपुर क्षेत्रमा चल्ने उक्त बसका चालकका लागि त्यो नौलो रुट रध बकहकाे खबर आजको कान्तिपुरमा अनिश तिवारी (सिन्धुपाल्चोक)ले लेखेका छन्। शनिबार बेलुकी लिशंखुपाखर गाउँपालिाको मुडेमा बजारमा बास बसेका ३२ यात्रु र चालक आइतबार बिहानै मुडेबाट फर्किएका थिए।
चालकले ओभरटेक गर्दै चलाइरहेका थिए। कच्ची र निर्माणाधीन लामोसाँघु-जिरी सडकमा गति नियन्त्रित नहुँदा बस दुर्घटनाग्रस्त भएको प्रहरीको अनुमान छ।
बस सडकबाट करिब सय मिटर तल खसेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। बस खस्न लागेपछि चालक भने झ्यालबाट हाम फालेर भागेका छन्।
दुर्घटनामा जुगल–७ का २८ वर्षीय सुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ, ७ वर्षीया सविना तामाङ, ३० वर्षीया रेशमा तामाङसहित उनकी १५ महिने छोरी रोशनीको मृत्यु भएको छ ।
दोलखा भीमेश्वरकी ३६ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड–५ का २९ वर्षीय महेश तामाङ, काभ्रेको बेथानचोक–५ का ४५ वर्षीय रामशरण खत्री, श्रीमती ३५ वर्षीया मैया खत्री, लिशंखुपाखर–४ की ५३ वर्षीया गंगामाया लामा, बलेफी–७ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ, शैलुंगेश्वर–६ का १० वर्षीय रन्जीत बस्नेत, रामेछाप सुनपाती–६ की जुनमाया तामाङ र शैलुङ–६ की ३२ वर्षीया चिनु बस्नेतको पनि मृत्यु भएको छ । करिब २२ वर्षीया एक महिलाको सनाखत हुन सकेको छैन।
घाइतेलाई काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको थियो । १४ जनाको राजधानीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया