काठमाडौं- प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ ।
अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् ।
देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् ।
अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ ।
निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।
प्रतिक्रिया