काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सदस्यहरुले प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले टिप्पणीसहित आफ्नो धारणा राखिरहेका छन् ।
सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाहलगायतले टिप्पणी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
स्थायी समिति सदस्यहरुले बोल्ने क्रम जारी छ । त्यसकारण बैठक मंगलबारसम्मका लागि लम्बिने संम्भावना रहेको छ ।
प्रतिक्रिया