+
Search

ताजा अपडेट +

पपुलर +

शरीरसम्बन्धी १५ रोचक तथ्य, जान्नुहाेस् के खाँदा र के गर्दा के हुन्छ ?

4KNationalDaily
२०७६ मंसिर ३०, सोमबार १६:२१ बजे

काठमाडाैं- हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्यका बारेमा पत्तै छैन ।

जान्नुहाेस्, आफ्नै शरिरबारे अनौठा तथ्यहरु :

१. काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ ।

२. रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ ।

३. गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ ।

४. संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ ।

५. देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ ।

६. दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ ।

७. कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् किनकि उनीहरूको शरीरमा फ्याट सेल अरूको भन्दा धेर हुन्छ ।

८. हाम्रो शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि शरीरको २० प्रतिशत अक्सिजन यसलाई आवश्यक हुन्छ । यही अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ ।

९. बीस वर्षभन्दा बढी हुनुभएको छ भने वर्षको एकचोटि शरीरको जाँच गराउनुस् । कोलेस्ट्रोल, रक्तचाप र चिनीको मात्रा सही छ कि छैन भनी थाहा पाइराख्नुपर्छ ।

१०. खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसैकारण दिमाग एकदमै सक्रिय हुन्छ ।

११. कसरत गर्ने महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । तर तपाईंले पर्याप्त निद्रा पनि पु–याउनुपर्छ ।

१२. बेकिङ सोडाले दाँत माझ्नुभयो भने दाँत चम्किलो हुन्छ ।

१३. गर्भमा छँदा पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलो हुन्छ ।

१४. संसारमा गोराहरू बीस हजार वर्षअघि थिएनन् । त्यसअघि मनुष्यहरू काला र गहुँगोरा मात्र हुन्थे ।

१५. फल र तरकारी खाँदा शरीरमा एकखाले अम्ल उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily