काठमाडौं- गत वैशाखमा नयाँ वर्षकै दिन योगीकुटीकी रीता केसी महिनावारी भएकी थिइन्। पतिले शारीरिक सम्बन्ध राख्न खोजे, उनले अस्वीकार गरिन्।
त्यसपछि रिसाएका पतिले कम्प्युटरमा पोर्न साइट खोले। एक्लै यौन क्रियाकलापमा लिप्त भए। त्यसपछि प्रत्येक रात उनले पत्नीलाई पोर्न फिल्ममा जस्तै यौनसम्बन्ध कायम गर्न लगाए। नमाने कुट्न थाले।
यस्तो व्यवहारबाट दिक्क रीताले माइतीको सल्लाहमा घरेलु हिंसाविरुद्ध घरेलु हिंसाविरुद्ध उजुरी दिइन्।
‘दुई वर्षकी छोरी छन्। पतिविरुद्ध मुद्दा लड्न मन थिएन,’ उनले भनिन्, ‘रात काट्नै नसक्ने भएपछि उजुरी गर्न आएकी हुँ।’
पछिल्लो समय समाज यौनप्रति खुल्दै र उदार बन्दै गएको छ। उदारता सकारात्मक यौन जीवनका लागि होइन, विचलनमा देखिन थालेको छ। फलस्वरूप रीताजस्तै घरेलु हिंसामा पर्ने महिला बढेकाे खबर आजको कान्तिपुर दैनिकमा अमृता अनमोलले लेखकी छन्।
प्रहरीमा दर्ता भएका धेरैजसो यस्ता घटना यौनसम्बन्धका कारण उब्जिएका छन्। ‘सुरुमा हामीलाई यथार्थ बताउँदैनन्,’ प्रदेश प्रहरी प्रवक्ता नवराज पोखरेलले भने, ‘घटना खोतल्दै जाँदा बल्ल यौन विचलनले ल्याएको समस्या थाहा हुन्छ।’
प्रतिक्रिया