+
Search

ताजा अपडेट +

पपुलर +

पतिले माया नगरेपछि ८४ वर्षीया वृद्धा न्याय खाेज्दै पुगिन् अदालत

4KNationalDaily
२०७६ पुष २, बुधबार ०७:३० बजे

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरु नै छक्क परे।

किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर आएको यो नै पहिलो घटना थियो।

‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशवराज कोशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धविच्छेदको माग गरेको यो नै पहिलो घटना भयो।’

७० वर्षीय श्रीमान बुद्धबहादुर रुम्बासँग अंशसहित सम्बन्धविच्छेदको माग गर्दै उनी लौरोको सहारामा २५ मंसिरमा अदालत पुगेकी थिइन्।

उनका पाँच छोरा र एक छोरी छन्। विवाह भैसकेका उनीहरु अलग रहेकाे खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

श्रीमानले १९ वर्ष अघि कान्छी भित्र्याए पनि टीकाकुमारी सहज रुपमै बसिरहेकी थिइन्। तर, पछिल्लो सयम श्रीमानले कुटपिट गर्ने गरेको उनको भनाई छ।

‘माया गर्ने बेलामा हेला गर्न थालेपछि को सँगै बस्छ?’ उनले भनिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily