+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो डिजेल र मट्टीतेलको मूल्य, हेर्नुहोस् नयाँ मूल्य कति भयो

4KNationalDaily
२०७६ पुष २, बुधबार ०८:०४ बजे

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।

निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।

उहाँले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिनुभयो ।

निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखेकाे छ ।

निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।

मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily