काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्।
विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ।
यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्धारण गरेको फोर-ई सम्मका विमान बोइङ ७७७ र एयरबस ३३०/ ३८० सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन्।
तर विमानस्थलमा एकै सयममा फोर-ई श्रेणीका विमान भने गुड्न पाउने छैनन्। विमानस्थलको स्तरोन्नतीसँगै यसअघि लगाइएको लोडको सीमा हटाइएको हो।
धावनमार्गको ३ हजार ५० मिटर लम्बाइ र ६० मिटर चौडाइको कालोपत्रे पूर्ण रुपमा फालेर नयाँ कालोपत्रे गरिएको छ।
प्रतिक्रिया