+
Search

ताजा अपडेट +

पपुलर +

करोड खर्चिएर अमेरिका छिरेका पाँच युवालाई चार्टर विमानमा हत्कडी लगाएर नेपाल फर्काइयो

4KNationalDaily
२०७६ पुष ३, बिहीबार ०८:०३ बजे

काठमाडौं- अवैद्य रुपमा अमेरिका छिर्ने पैयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ।

अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

उनीहरु रुकुम, दाङ, बागलुङ र नवलपरासीका छन्। बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरुलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो।

केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन्। घर जान उनीहरुसँग बसभाडासमेत थिएन। प्रहरीले नै उनीहरुलाई बसभाडा दिएर पठाएको छ।

अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए। तीन पाकिस्तानीलाई उनीहरुको देशमा छाडेपछि नेपाली लिएर विमा काठमाडौँ आएको हो।

रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily